कृषि कर्जा
| Interest Rate | १२% |
|---|
संस्थाले कर्जा प्रवाह गर्दा अपनाउने आधारहरु :
- १. शेयर सदस्यको व्यावसायको प्रकृति र सम्भावना ।
- २. घितो जमानतको मुल्याङ्कन -चलन चल्तिको स्थानिय मुल्य र मालपोतको मुल्यलाई आधर मानिने)
- ३. शेयर सदस्यको विश्वनियता ।
- ४. शेयर सदस्यको संस्थासंगको विगतको वित्तीय कारोवारको स्थिति ।
- ५. शेयर सदस्यको आय स्रोत ।
आवश्यक कागजपत्रहरु
- १. जग्गा धनि दर्ता प्रमाण पुजाको सक्कल र प्रतिलिपी एक प्रति ।
- २. चालु आ. व. सम्मको तिरो तिरेको सक्कल रसिद र प्रतिलिपी एक प्रति ।
- ३. संबन्धित गा. वि. स. वा नगरपालिकाबाट धितो सुरक्षणमा रहने जग्गाको चार किल्ला प्रमाणीत पत्र र प्रतिलिपी एक प्रति ।
- ४. ऋणी सदस्यको फोटो, नागरिकताको सक्कल प्रति र प्रतिलिपी २ प्रति तथा मञ्जुरिनामा दिने भए निजको पनि फोटो, नागरिकताको सक्कल प्रति र सोको प्रतिलिपी १ प्रति ।
- ५. सुरक्षणमा रहने जग्गाको प्रमाणीत फिल्ड नक्सा, ट्रेस नक्सा, कित्ता नक्साको सक्कल प्रति र प्रतिलिपी एक-एक प्रति ।
- ६. संस्थाले उपलब्ध गराएको ऋण आवेदन फाराम ।
- ७. धितो सुरक्षणमा रहने जग्गामा घर बनेको भएमा सो घरको प्रमाणित नक्सा पास तथा निर्माण सम्पन्न भएको प्रमाणको सक्कल तथा प्रतिलिपी एक-एक प्रति ।
- ८. व्यापारिक कर्जाको लागि सम्बन्धित निकायमा दर्ता भएको प्रमाण पत्र, स्थायी लेखा नं (PAN) र (VAT) को फोटोकपी तथा व्यावसायको अद्यावधिक गरिएको चालु आ. व. को लेखापरिक्षण प्रतिवेदनको प्रतिलिपी ।
- ९. समय सापेक्ष व्यावसाय र व्यावसायिक कार्ययोजना ।
- १०. व्यावसायिक दक्षता ।
नोट ः
- १. माथि उल्लेखित कागजपत्रहरु संस्थामा उपलब्ध नभए सम्म ऋण माग फाराम दर्ता गरिने छेन ।
- २. एकाघर तीन पुस्ते भित्रको धितो जमानत मात्र राखिने । सो भएमा धितो मञ्जुरिनामा दिनेको नागरिकताको फोटोकपी र फोटो १ प्रति समेत उपलब्ध गराउनुपर्नेछ ।
- ३. रु. १,००,०००/- भन्दा माथिको कर्जा लगानीमा एकाघर परिवारको १ जना बालिग सदस्य अनिवार्य रुपमा साक्षी राख्नुपर्नेछ ।
Effective From: -
Latest News
- Office Hour Change
15 march,2015 - View all

Social Network